
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसादको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गर्नुभएको हो ।
उहाँले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । नेतृ कोइरालाले संग्रहालय बनाउनसके कांग्रेसका लागि ठूलो इतिहास बन्ने दाबी गर्नुभयो ।
उहाँले कांग्रेसबाट प्रधानमन्त्री भइरहेको यो बेलामा संग्रहालय बनाउन सहज हुने र सरकारले सहयोग गर्नेमा आशावादी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्