
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा संवेदनशीलता बढी भएकाले काठमाडौं उपत्यकाे सुरक्षा व्यवस्थाको जिम्मा संघीय प्रहरीलाई दिनुपर्ने बताउनुभएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा मन्त्री खाँणले प्रदेश प्रहरीको अधिकार कटौती गर्न नभई राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई दिन लागेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिदृश्य बदिलिइरहेकाे र सुरक्षा संवेदनशीलता पनि बढिरहेको भन्दै उहाँले उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्ने बताउनुभयो ।
उपत्यकाको सुरक्षा व्यवस्थालाई केन्द्रमा राख्ने प्रस्तावमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसद एकमत भएपनि माओवादी केन्द्रका सांसदको भने फरक मत राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्