१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युरोकप महिला फुटबल आजबाट इंग्ल्याण्डमा सुरु हुँदै


143
Shares

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिप आज बुधबारबाट इंग्ल्याण्डमा सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा बुधबार बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ ।

यसपटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको दावी छ । आयोजकका अनुसार यस संस्करणको युरोकपको लागि ५ लाखभन्दा बढी टिकट बिकिसकेको छ । यो संख्या सन् २०१७ मा नेदरल्याण्ड्समा भएको युरोकपको दर्शक संख्या भन्दा झण्डै दोब्बर हो । ३१ जुलाईमा हुने फाइनल खेलको सबै टिकट बिक्री भईसकेको बताइएको छ ।

युरोकप फुटबलमा यसपटक १६ टोली सहभागि छन् । समुह ‘ए’ मा आयोजक इंग्ल्याण्डसँगै अष्ट्रिया, नर्वे र नर्दन आयरल्याण्ड, समुह ‘बी’ मा जर्मनी, डेनमार्क, स्पेन र फिनल्याण्ड, समुह ‘सी’ मा नेदरल्याण्ड्स, स्विडेन, स्विट्जरल्याण्ड र पोर्चुगल तथा समुह ‘डि’ मा फ्रान्स, इटाली, बेल्जियम र आइसल्याण्ड रहेका छन् ।

युरोकप महिला फुटबलमा ८ उपाधिसहित जर्मनी अहिलेसम्मको सबैभन्दा सफल टोली हो । नर्वेले दुई पटक उपाधि जितेको छ भने स्विडने र नेदरल्याण्ड्सले एक एक पटक उपाधि उचालेका छन् ।