२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभामा आज सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक पेश गर्ने


338
Shares

काठमाडौं । सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेकाले मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरेको हो ।

अब बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा औपचारिकता पूरा गरेर विधेयक फिर्ता लिनु पर्ने छ । सरकारले बुधबार नै नागरिकता सम्बन्धि अर्को विधेयक लैजाने तयारी पनि गरेको छ ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको हो । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने वंशजको नागरिकता दिने सहमति पनि भएको बुझिएको छ ।