७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एकै दिन १६ सयले घट्यो सुनको मूल्य


8.918k
Shares

काठमाडौं। साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।