
काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नकाे बारेमा नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेकाे छ ।
नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज (बुधबार) बसेको बैठकले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । साेही बैठकमा मन्त्री जनार्दन शर्माले आफू निर्दोष रहेको जिकीर गर्नुभएको थियाे ।
संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ ।
सोही दिनको सीसीटीभी फुटेज मेटाइएकामा पनि अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।
साेही विषयमा छानविन गर्न संसदीय समिति बनाउन सकिने भएपनि त्यसका लागि संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न पाउनुपर्ने माओवादीको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्