१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजीनामा नगरे अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ : उपसभापति गुरूङ


468
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताउनुभएको छ ।

बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर चलाएको आरोप लागेका अर्थमन्त्री शर्माले राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला कांग्रेस उपसभापतिले यसबारे छानबिन गर्न समिति नै गठन गर्नुपर्ने बताउनुभएको हो ।

छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने राजीनामा नदिए बर्खास्त गर्नुपर्ने गुरुङको सुझाव छ ।

यसैगरी, कांग्रेसकै अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई राजीनामा दिन वा बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्नुभएको थियो ।