२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नयाँबजारमा स्कुटर दुर्घटना, महिलाको मृत्यु


0
Shares

काठमाडौं, असार २ । काठमाडौंको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बालाजु–सोह्रखुट्टे सडकखन्डमा पर्ने पिपुल्स अस्पतालअगाडि सडकमा शनिबार दिउँसो बा२ख ७०६ नम्बरको माइक्रोबस, बा३ प ३६६७ नम्बरको मोटरसाइकल र बा५३प ३६८२ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भइ काठमाडौं बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले स्कुटर दुर्घटनामा गम्भीर घाइते भट्टको उपचारकाक्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा संलग्न सवारी–साधन र चालकलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ । रासस