२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मौद्रिक नीतिमार्फत शेयर कर्जामा ४/१२ को क्याप हटाउन अध्यक्ष मैनालीको सुझाव


104
Shares

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत शेयर कर्जा नियन्त्रण नगर्न सुझाव दिनुभएको छ ।

आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले आयोजना गरेको सुझाव संकलन कार्यक्रमा बोल्दै अध्यक्ष मैनालीले शेयर बजारमा लगानी गर्न बैंकबाट लिने कर्जाले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएकाले राष्ट्र बैंकले शेयर कर्जामा धेरै नियन्त्रण गर्ननहुने बताउनुभयो ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर कर्जामा ४/१२ को क्याप लगाएकाले बजारमा समस्या आएको बताउनुभयो । उहाँले आगामी मौद्रिक नीतिमा शेयर कर्जामा ४/१२ को क्यापलाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मैनालीले शेयर कर्जामा सीमा लगाउने भन्दा पनि पहुँच र पावरको दुरुपयोग गरेर कर्जा लिएर बजारमा चलखेल गर्नेलाई कारबाही नियन्त्रण गर्नुपर्नेमा सबैलाई एकै ठाउँमा राखेर नीति ल्याउनु नहुने बताउनुभयो ।

उहाँले कमजोर र बलियो संस्थाको शेयरमा एकै प्रकारको मार्जिन नियम वैज्ञानिक नभएको भन्दै त्यस्तो व्यवस्थालाई मौद्रिक नीतिमार्फत संशोधन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष मैनालीले राष्ट्र बैंकको घुमाउरो नीतिले बैंक तथा वित्तीय संस्थालाई शेयर खरिद गर्न रोक लगाएको कारण पनि शेयर बजार जोखिममा पुगेको बताउनुभयो । उहाँले अहिले कुनैपनि बैंक तथा वित्तीय संस्थाहरू शेयरमा लगानी गर्न छाडेको भन्दै वित्तीय संस्थाहरूलाई शेयर खरिद गर्नदिए जोखिममा रहेको बजार सुधार हुनसक्ने बताउनुभयो ।

अध्यक्ष मैलानीले उत्पादनमुलक क्षेत्रका कम्पनीहरुलाई बुक बिल्डिङमार्फत शेयर बजारमा ल्याउने तयारी भएपनि शेयर किन्ने बायर नै नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताउनुभयो ।