
काठमाडौं । नेकपा (एमाले)का सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न दिएपछि एमाले सांसदहरूले बैठक बहिस्कार गरेका हुन् ।
त्यसअघि एमाले सांसद योगेश भट्टराईलाई सभामुख सापकोटाले आफ्नो धारणा राख्न दिनुभएको थियो । समिति गठन भइसकेको अवस्थामा अर्थमन्त्रीका बेतुकका कुरा सुन्न आवश्यक नरहेको उहाँको भनाइ छ ।
त्यसअघि सभामुख अर्थमन्त्रीमाथि छानविन गर्नका लागि १० सदस्यीय संसदीय छानविन समिति गठन गर्नुभएको थियो । समितिलाई काम सुरु गरेको मितिले १० दिनभित्र प्रतिवेदन पेश गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्