२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभामा गणपूरक संख्या पुगेन


156
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गणपुरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गर्नुभएको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।

प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधिसभा सदस्यहरूको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्न माग गर्नुभएको थियो । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।