१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु


1.547k
Shares

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा स्थानीय ४५ वर्षीय दिपक के.सी.को मृत्यु भएको हो ।

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, काठमाडौंको सानोभर्‍याङमा आज बिहीबार बिहान सवा २ बजे स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा ९५ प ९७२३ नम्बरको स्कुटर सडक डिभाइडरमा ठोक्किँदा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनीको मृत्यु भएको हो ।

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई भने प्रहरी वृत्त स्वयभुले नियन्त्रणमा लिएको छ ।