१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


आज पनि १४ सयले घट्यो सुनको मूल्य


46.007k
Shares

काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन १६ सय रुपैयाँले घटेर थियो ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।