
दानापुर ताल, रुपन्देही
बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेका छन् ।
मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्