१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंको सडकमा साझाले ल्यायो विद्युतीय बस


832
Shares

काठमाडौं । काठमाडौंको सडकमा साझा यातायातले सञ्चालन गरेको बिजुली बस गुड्न थालेको छ ।

साझाले पहिलो चरणमा ल्याएका तीन वटा बसले बिहीबारबाट सेवा दिन थालेका हुन् । ती बस साझाले नियमित सेवा दिँदै आएका रूटमै चलाइएको हो ।

साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।

बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिनुभयो । सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले बसले भरपर्दो सेवा दिने विश्वास उहाँको थियो ।

साझाले एउटा बस डेढ करोड रूपैयाँ मूल्यमा किनेको जानकारी दिएको छ । यी बसमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगता भएकालाई चढ्न मिल्ने र्याम्प सुविधा पनि राखिएको छ ।