१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ७८ जनामा कोरोना संक्रमण


169
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १५ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ३ सय ४८ जनाको पीसीआर र २ हजार १ सय ३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।