१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा


910
Shares

काठमाडौं । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनलाई राजीनामा दिन दबाब बढेको थियो ।

सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई आफ्नै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए । जोनसनको राजीनामासँगै अब बेलायतमा सत्तारूढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्ने प्रक्रिया सुरू हुनेछ ।

सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो । ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ ।

कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने छन् । पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूर्ण नियुक्ति दिएपछि मन्त्रिपरिषदमा मतभेद चुलिएको हो ।