४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई


312
Shares

काठमाडौं । नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र एक हिसावले टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाउनुभएको हो ।

उहाँले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकहरूको लागि नेपालको नागरिकता प्रदान गर्न लागि परे पनि सरकारले अहिले फिर्ता लिँदा नेकपा एमाले आश्चर्यमा परेको बताउनुभयो ।

एमाले नागरिकता विधेयक पास गर्नका लागि सहयोग गर्न तयार भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका व्यवस्थाहरू नहेरी समर्थन नगर्ने स्पष्ट पार्नुभयो ।

सांसद भट्टराईले नागरिकता ऐन छिटो भन्दा छिटो पास गरी नागरिक हुनबाट वञ्चित नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा एमाले अडिग रहेको बताउनुभयो ।