१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महिला युरोकप : नर्वेद्वारा नर्दन आयरल्याण्ड पराजित


52
Shares

काठमाडौं । युरोकप महिला फुटबलमा नर्वेले नर्दन आयरल्याण्डलाई ४–१ ले हराएको छ ।

इंग्ल्याण्डको म्यान्चेस्टरमा बिहीबार राति भएको समुह ‘ए’ को खेलमा नर्वेलाई विजयी गराउन जुली ब्ल्याकस्टाड, फ्रिडा मानुम, क्यारोलिन हान्सन र गुरो राइटनले एक एक गोल गरे । आयरल्यान्डका लागि जुलीइ नेल्सनले सान्त्वना गोल गरिन् ।

जितसँगै नर्वेले समुहमा ३ अंकसहित अग्रता लिएको छ । समान ३ अंक जोडेको आयोजक इंग्ल्याण्ड गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ ।

युरोकप महिला फुटबलमा नर्वे जर्मनीपछिको सफल टोली हो । नर्वेले अहिलेसम्म दुई पटक युरोकप जितेको छ ।

प्रतियोगिताअन्तर्गत आज हुने समुह ‘बी’ का खेलहरुमा स्पेन र फिनल्याण्ड तथा जर्मनी र डेनमार्क भिड्नेछन् ।