१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवको बैठक जारी


351
Shares

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी रहेकाे छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बैठक सुरु भएको हो । बैठकमा महासचिव शंकर पोखरेलले विभागका काम र जिम्मेवारीका बारेमा धारणा राख्नुभएकोे छ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सबै केन्द्रीय विभागका कामबारेमा बैठकमा छलफल हुन लागेको हो ।

नेकपा एमालेले केही दिनअघि पार्टीका सबै केन्द्रीय विभागको टुंगो लगाएको थियो ।