
काठमाडौं । शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
जोकोभिचले बेलायतका क्यामरोन नोरीमाथि ३–१ को सेटमा जित निकाल्दै आठौंपटक विम्बल्डनको फाइनलमा प्रवेश गरेका हुन् ।
शुक्रबार राति सेन्टर कोर्टमा नवौं वरीयताका जोकोभिचले क्यामरोनलाई २–६, ६–३, ६–२, ६–४ ले हराएका थिए ।
अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।
स्पेनिस टेनिस स्टार राफायल नाडालले पेटको चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनलमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्