
एजेन्सी । दक्षिण भारतीय अभिनेता चियान विक्रमको स्वास्थ्य बिग्रिएपछि उनलाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ ।
विक्रमको कावेरी अस्पतालमा उपचार भइरहेको उनका पारिवारिक स्रोतले जनाएको छ ।
उच्च ज्वरो र निकै असहजता भएपछि उनलाई अस्पताल लगिएको थियो । यसअघि विक्रमलाई हृदयघात भएको खबर आएको थियो । तर पछि उनको परिवारले विज्ञप्ति जारी गर्दै उनलाई हृदयघात नभएको बताएको छन् । छातीमा मात्रै केही समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।
विक्रमको अवस्था अहिले स्थिर रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार विक्रम जुलाई ८ मा साँझ आफ्नो आगामी फिल्म ‘पोनियिन सेल्भान १’ को टिजर लञ्च कार्यक्रममा सहभागी हुने भनेका थिए । तर, उनको स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
फिल्म ‘पोन्नियिन सेल्वन’ को कुरा गर्ने हो भने यसलाई मणिरत्नमले निर्देशन गरेका हुन् । फिल्म मार्फत बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि ४ वर्षपछि ठूलो पर्दामा फर्किएकी छिन् । फिल्म सेप्टेम्बर ३० मा सिनेमाघरमा रिलिज हुँदैछ । फिल्म हिन्दीका साथै तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा पनि रिलिज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्