
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘क्याप्सुल गिल’को फस्टलुक सार्वजनिक भएको छ ।
फिल्मको फस्टलुकमा अक्षय कुमार टाउकोमा पगडी र दाह्री भएको शानदार लुकमा देखिएका छन् । फिल्ममा अक्षयको फस्टलुकलाई देखेर उनका फ्यानहरू निकै अत्साहित छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म ‘क्याप्सुल गिल’ वास्तविक जीवनको कथामा आधारित छ । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै दर्शकहरू फिल्मको ट्रेलरको प्रतिक्षमा रहेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म कोल माइन रेस्क्यूमा आधारित छ । सन् १९८९ मा रानीगञ्ज कोइला फिल्डमा फसेका ६४ जना मजदुरको ज्यान बचाउने खानी इन्जिनियर जसवंत गिलको वास्तविक कथा रहेको छ ।
फिल्ममा अक्षयले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् ।
फिल्म ‘क्याप्सुल गिल’ को सुटिङ बेलायतमा भइरहेको छ । वासु भगनानीले निर्माण गरेको यो फिल्मलाई टिनु सुरेश देसाइले निर्देशन गरेका छन् । यो ब्यानरमा अक्षय कुमारले तेस्रो पटक काम गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस्