१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शोकको दिन प्रदेशसभा बैठक राखेपछि एमाले र लोसपा सांसदद्वारा बहिष्कार


1.768k
Shares

जनकपुर । राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकन्त्रिक समाजवादी र नेकपा (एमाले)का सांसदले मधेश प्रदेशको बैठक बहिष्कार गरेका छन् ।

शनिबारको बैठकमा एमालेका सांसदहरूले सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

लोसपा सांसद परमेश्वर साह, उपेन्द्र महतो र नेकपा एमालेका सांसद किशोरी साहले शोक घोषणा गरेका दिन बैठक बोलाएको बारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरूले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका थिए । बैठक बहिष्कार गरिएपछि सभामुख यादवले बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएपछि नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।