२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पहिराेले अवरूद्ध पृथ्वी राजमार्ग खुल्यो


481
Shares

काठमाडौं । पृथ्वी राजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ तुरतुरेमा शनिबार विहान पहिरो खस्दा अवरूद्ध भएको राजमार्ग खुलेको छ ।

शनिबार विहान करिब ४ बजेदेखि पहिरोका कारण अवरूद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो ।

पहिराेका कारण पूर्ण रूपमा अवरूद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरीले जनाएको छ ।

४ वटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाध रूपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरूद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।