३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मुस्लिम समुदायले आज बलिदानीको पर्व बकर इद मनाउँदै


117
Shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज आइतबार बकर इद पर्व मनाउँदैछन् ।

बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ ।

आइतबार मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ ।

बकर इदकै उपलक्ष्यमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।