
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।
७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याउनु भएको छ । यस्तै, नेपाली कांग्रेसका रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । मेयरमा एमालेले ७ सय ८० मतको अग्रता लिएको छ ।
त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७ सय ५३ मत ल्याउनु भएको छ भने कांग्रेसकी रिता शाहीले ३ हजार १ सय ५३ मत ल्याउनु भएको छ । उपप्रमुखमा एमाले ६ सय मतले अगाडि छ ।
अब झण्डै १६ सय मत गणना गर्न बाँकी छ । अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो ।
बुढीगंगा नगरपालिकाको ८ वटा वडाको मत गणना सम्पन्न भएको छ । अब २ वटा वडाको गणना बाँकी रहेको छ ।
मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन् भने वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्