
एजेन्सी । दक्षिण भारतीय अभिनेता नागार्जुनको आगामी फिल्म ‘द घोस्ट’ को फस्टलुक सार्वजनिक भएको छ ।
फिल्मको फस्टलुकमा नागार्जुनलाई एक्शनमा अवतारमा देखिने छन् । फिल्ममा नागार्जुनको फस्टलुकलाई देखेर उनका प्रशंसकहरू निकै उत्साहित भएका छन् ।
‘द घोस्ट’बाट नागार्जुनको फस्टलुक सार्वजनिक गर्ने क्रममा निर्माताले फिल्ममा नागार्जुनका भूमिकाको बयान गरेका छन् ।
करिब एक मिनेट लामो यो भिडियोको अन्त्यमा नागार्जुनले हातमा तरबार लिएर उभिएका छन् । यस फिल्ममा नागार्जुनले दमदार एक्शन गरेका छन् ।
निर्देशक प्रविण सत्तारुले निर्देशन गरेको फिल्म ‘द घोस्ट’ ५ अक्टोबर २०२२ मा रिलिज हुनेछ । उनको अर्को फिल्म ‘ ब्रह्मास्त्र’ रिलिजको तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस्