१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विम्बल्डन टेनिसको उपाधि सर्वियाका जोकोभिचलाई


130
Shares

काठमाडाैं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् ।

लण्डनको सेन्टरकोर्टमा आइतबार राति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक तथा समग्रमा सातौं पटक घाँसे कोर्टको ग्राण्डस्लाम विम्बल्डन जितेका हुन् । किर्गीयोस विरुद्धको पहिलो सेट ४–६ ले गुमाएका जोकोभिचले यसपछिका तीन सेट लगातार ६–३, ६–४ र ७–६ ले जित्दै उपाधि पक्का गरेका छन् ।

जितसँगे जोकोभिचले सर्वाधिक २२ ग्राण्डस्लाम जित्ने स्पेनिस खेलाडी रफाइल नदालसँगको दूरी घटाएर एक उपाधिमा सिमित गरेका छन् । विम्बल्डन टेनिसको यो संस्करणमा सेमिफाइनल खेलपूर्व पेटको समस्याले नदाल प्रतियोगिता छाड्न बाध्य भएका थिए ।