
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धमा परेको मुद्दाकाे सर्वोच्च अदालतमा आज (सोमबार) पनि सुनुवाई हुने भएको छ ।
यही असार १९ गते भएको सुनुवाईपछि असार २६ गतेका लागि पेशी तोकिएकोमा आइतबार सार्वजनिक बिदा परेपछि सोमबार पेशी हुने भएकाे हाे । कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको इजलासमा भईरहेको सुनुवाईका क्रममा सोमबार रिट निवेदक पक्षले जवाफी बहस गर्ने भएकाे छ । जवाफी बहसका लागि समय नलाग्ने भएकाले सोमबार नै फैसला आउनसक्ने बताइएको छ ।
एआइजी विश्वराज पोखरेलले आफू भन्दा जुनियर एआईजी धिरतप्रताप सिंहलाई आईजिपी बनाएको भन्दै सरकारको निर्णय विरुद्ध गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । रिटमाथि जेठ ३०, असार ५, असार १३ र असार १९ गते सुनुवाई भएको थियो ।
प्रतिक्रिया दिनुहोस्