५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


माधव नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर ठूलो गल्ती गरेः घनश्याम भुसाल


598
Shares

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति विपरीत पार्टी विभाजन गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आज (सोमबार) यस्ताे टिप्पणी गर्नुभएको हो । उहाँले पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले आफ्नो जीवनकै सबै भन्दा ठूलो गल्ती गरेको उल्लेख गर्नुभएको छ ।

४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भुसालको आरोप छ । अर्को पार्टी बनाएर कम्युनिस्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने उहाँकाे तर्क छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :