२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोलुखुम्बु साक्षर जिल्ला घोषणा


0
Shares

सोलुखुम्बु । सोलुखुम्बुलाई ५८औं साक्षर जिल्ला घोषणा गरिएको छ ।

‘साक्षर नेपाल, समृद्धिको आधार’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलब ७३ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेश गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले जिल्लालाई साक्षर घोषणा गर्नुभएको हो ।

सांसद राईले नीतिगत कमजोरीका कारण नेपालमा गुणस्तरीय शिक्षामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले शिक्षित जिल्ला बनाउने जिम्मा शिक्षकको हातमा रहेको बताउनुभयो ।

समन्वय प्रमुख तथा साक्षरता अभियान सोलुखुम्बुका संयोजक कृष्णप्रसाद निरौलाले गुणस्तरीय शैक्षिक परिवर्तनका लागि राष्ट्रिय नीति परिवर्तन हुनुपर्ने बताउनुभयो ।