
एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘जवान’मा दक्षिण भारतीय अभिनेता थलापति विजय अनुबन्धित भएका छन् ।
‘जवान’मा खान एक्सन अवतारमा देखिँदा विजय भने अतिथि भूमिकामा मात्र अनुबन्धित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एट्ली कुमारले निर्देशन फिल्मको टिजर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो । निर्देशकले फिल्ममा अरु पनि दक्षिण भारतीय कलाकारलाई लिन लागेको समाचारमा उल्लेख छ ।
फिल्मको अधिकांश सुटिङ सकिएको छ भने केहीको अझै पनि जारी छ ।
२ सय करोडको लगानीमा बनेको फिल्ममा शाहरुख खान र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् ।
शाहरुख खान फिल्म ‘जवान’सँगै ‘पठान’ र ‘डंकी’ जस्ता फिल्महरूमा पनि काम गरिरहेका छन् । उनी सलमान खानको फिल्म ‘टाइगर ३’ र रणबीर कपूरको फिल्म ‘बह्मास्त्र’ मा अतिथि भूमिकामा देखिँदैछन् ।
प्रतिक्रिया दिनुहोस्