१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


स्याङ्जामा स्कुटर दुर्घटना हुँदा १७ वर्षीय चालकको मृत्यु


2.184k
Shares

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका–८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय स्कुटर चालक धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

चिउरीस्थित सडकमा ग १३ प ६०७४ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिएर आइतबार बेलुकी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका–८ का असिम खाँणको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।