१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाकै जस्तै आर्थिक संकट आउनसक्ने ओलीको चेतावनी


325
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउनसक्ने चेतावनी दिनुभएको छ ।

सरकारको गतिविधिलाई हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाकै जस्तो हुने देखिएको अध्यक्ष ओलीको भनाइ थियो ।

सोमबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रूपमा श्रीलंकाजस्तै अवस्थामा पु¥याउने अवस्था आउनसक्ने बताउनुभयो ।

अध्यक्ष ओली बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउने कुरा अर्थमन्त्री एक्लैले गर्न नसक्ने दावी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई संकटमा जान नदिन सर्तक रहनुपर्ने समेत बताउनुभयो ।