१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु


39
Shares

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१४ मा सोमबार बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

ना ६ ख १८३४ नम्बरको ट्याङ्करले साइकलमा हिडिरहेका विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बानियाँको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।