
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार) बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएकाे छ ।
राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएकाे छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू फहराइएको छ । साथै सर्वसाधारणले सडकमा उभिएर भावपूर्ण विदाई गरेका छन् ।
संसद भवन हुँदै शवयात्रा गरिने भएकाले शवयात्राको रूटमा हजारौं सर्वसाधारण हातमा फूलको थुंगा लिएर उभिएका छन् । गत शुक्रबार पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गरिएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्