१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ


52
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले केही दिनमै पर्यटन क्षेत्रलाई उकास्ने रणनीतिक योजना सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित विश्वका सबैभन्दा धेरै उचाइमा होटल खोलेर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल होटललाई शुभकामना एवं आधिकारिक प्रमाणपत्र प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको छ ।

यो होटल ५ हजार १ सय ८० मिटर उचाइमा अवस्थित छ । ‘वर्ल्ड बुक्स रेकर्ड’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र पाएको छ ।

मन्त्री श्रेष्ठले कोरोनाका कारण रुग्ण बनेको पर्यटन क्षेत्रलाई तन्दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो उहाँले यस किसिमका पर्यटनमुखी कामले देशको नाम उच्च बनाउने बताउनुभयो ।

एभरेष्ट इन प्राइभेट लिमिटेड होटल ५ हजार १ सय ८० मिटरको उचाइमा बनाइएको छ । यसअघि सन् २००४ मा होटल एभरेस्ट भ्यूलाई विश्वकै सबैभन्दा अग्लो ठाउँमा रहेको होटलको रूपमा गिनिज बुकमा दर्ता गरिएको थियो ।

यो होटल सन् १९७१ मा खोलिएको थियो । यो होटल ३ हजार ८८० मिटरको उचाइमा अवस्थित थियो ।