२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


117
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ ।

भानु जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिन लागेको आन्तरिक मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गतवर्ष चैत १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचना बमोजिम बुधबार प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको हो ।

भानुभक्त आचार्यको जन्म तनहुँको व्यास नगरपालिकामा भएको थियो । उहाँले नेपाली भाषामा रामायण लेख्नुभएको थियो ।