१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

कत्ति पनि लापरबाही नगर्न चेतावनी

455
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे । अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उहाँले चेतावनी समेत दिनुभएकाे छ । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी रहेको र संक्रमितहरु थपिईरहेको भन्दै उहाँले स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीहरुमाथि थप दबावको अवस्था दोहोरिन सक्ने बताउनुभयो ।

भाइरसले जति दबाव दिन्छ उत्ति नै हामीले पनि प्रतिकार गर्नुपर्ने उहाँकाे भनाइ छ । साथै उहाँले महामारीको सुरुवाती समयमा भन्दा अहिले विश्व धेरै नै राम्रो अवस्थामा रहेकाे पनि बताउनुभएकाे छ । तर अहिले पनि लापरवाही गर्ने अवस्था भने नरहेकाे उहाँले बताउनुभयाे ।