१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते


78
Shares

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ मा मंगलबार राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

प्रदेश १–०२–०४२–प ३७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदारको मृत्यु भएको हो ।

गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा मोटरसाइकल चालक घाइते भएका छन् । उनको इटहरी स्थित बेदान्त अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।