
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका विषयमा छलफल भएको हो । यसअघि प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेट्नुभएको थियो ।
त्यस्तै, उहाँले मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट्नुभएको थियो ।
भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि नहाेस् भन्नेमा जोड दिनुभएको छ । गत आइतबार चार दिने भ्रमणका लागि नेपाल आउनुभएका सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्