
काठमाडौं । ज्यापु संस्कृति विकास कोषले काठमाडौं महानगरपालिकाभित्र रहेका ज्यापु गुठीका मुलगुरूहरूलाई सम्मान गरेको छ ।
कोषले बुधबार गुरूपूर्णिमाका अवसरमा महानगरपालिकाभित्र रहेका ६३ वटा ज्यापु गुठीका मूल गुरूहरूलाई सामूहिक गुरूपूजा गरी सम्मान गरेको हो । नेवारी परम्परा अनुसार उहाँहरूलाई सगुन दिई सम्मान गरिएको हो ।
कार्यक्रममा यस वर्षको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा निर्वाचित ज्यापु जातीय जन प्रतिनिधिहरूलाई पनि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा १९ औं राष्ट्रिय ज्यापु दिवस समारोह समिति २०७९ को संयोजक पञ्चनारायण महर्जनलाई संयोजकत्वको जिमेवारीपत्र सहित कार्यक्रम सञ्चालनका लागि एक लाखको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कोषले ६२ वटै गुठीहरूलाई १० हजार नगद अनुदान वितरण गरेको थियो ।
काठमाडौं महानगरपलिका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको सभापतित्व कोषका अध्यक्ष मंगलकृष्ण सिंहले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्