१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशसभाबाट पाँचवटा अध्यादेश स्वीकृत


52
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृत गरेको छ ।

बुधबार बसेको प्रदेश सभाको बैठकले ‘प्रदेश निजामती सेवा सम्बन्धी अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी अध्यादेश’ लगाएतलाई स्वीकृत गरेको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

यस्तै, शून्य समयमा सत्तापक्षका सांसदहरूले सरकार विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनुपर्ने भन्दै सुझाव व्यक्त गरेका थिए भने प्रतिपक्षका सांसदहरूले देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।