२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतको गुजरातमा भारी वर्षा, १४ जनाको मृत्यु


468
Shares

एजेन्सी । भारतको दक्षिण राज्य गुजरातमा पछिल्लो २४ घण्टामा भएको भारी वर्षाका कारण १४ जनाको ज्यान गएको छ ।

अधिकारीहरूले दक्षिणी गुजरातको कच्छ, सौराष्ट्र क्षेत्रका केही ठाउँमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको जनाएका हुन् ।

मुख्यमन्त्री भूपेन्द्र पटेलले वर्षाका कारण भएको क्षतिको क्षतिपूर्तिका लागि नगद र अन्य राहतका लागि जनतालाई लामो समय कुर्नु नपरोस् भनि चाँडोभन्दा चाँडो प्रभावित जिल्लाको सर्वेक्षण गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।

दक्षिणी गुजराजतमा वर्षाको मौसम शुरु भएयता अहिलेसम्म ८३ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार भन्दा बढी विस्थापित भइसकेका छन् ।

यसैगरी, विभिन्न जिल्लाका तल्लो क्षेत्रमा बाढीका कारण अलपत्र परेका ५ सय ७५ जनाको उद्धार गरिएको राज्यका विपद् व्यवस्थापन मन्त्री राजेन्द्र त्रिवेदीले जानकारी दिनुभएको छ ।

भारी वर्षाले राज्यका विभिन्न जलाशयमा पानीको स्तर उल्लेख्य रूपमा बढेको पनि जनाइएको छ ।