१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


65
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी पदाधिकारी तथा सरकारमा सहभागि मन्त्रीहरूले बोल्ने कार्यक्रम छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने बताईएको छ ।

देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न गरेका थिए । ती प्रश्नको मन्त्रीहरूले बिहीबार जवाफ दिनेछन् ।

यसैबीच, कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीका महामन्त्रीद्वयको चर्को आलोचना गरेका छन् ।

महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेका हुन् ।

गुटगत रवैया कायम राखे महामन्त्रीद्वयलाई पार्टी कार्यक्रममै बहिष्कार गर्ने चेतावनी समेत नेताहरुले दिएका छन् ।