
काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिनुभएको छ ।
प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन पुर्नस्थापित गर्न आवश्यक जुनसुकै कदम चाल्न सेनालाई जिम्मा दिईएको हो ।
गत शनिबार राष्ट्रपतिको सरकारी भवन तथा प्रधानमन्त्रीको निजी निवासमा आक्रमण गरेका प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेका थिए ।
विधिको शाषनको खिल्ली उडाउने काम भएको भन्दै प्रधानमन्त्रीले देशमा कानुनी राज स्थापना गराउन आवश्यक जिम्मा लिन सेनालाई गुहार्नुभएको हो ।
राष्ट्रपति गोतावाय राजापाक्षे देश छाडेर भागेपछि श्रीलंकामा प्रधानमन्त्री बिक्रमासिंघे कार्यावाहक राष्ट्रपतिको हैसियतमा पुग्नुभएको छ । तर, सरकार विरोधी प्रदर्शनकारीहरु भने उहाँलाई स्विकार्ने पक्षमा छैनन् ।
प्रधानमन्त्री बिक्रमसिंघे कार्यवाहक राष्ट्रपति बनेपछि प्रदर्शनकारीहरु बुधबार झनै उग्र बनेका हुन् । आर्थिक तथा राजनीतिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा विपक्षी दलहरुबीच सरकार गठनको सहमति जुटिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्