
काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले एकसाता भित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न माग गर्नुभएको छ ।
सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष गणेश तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाका ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।
सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्