
फाइल तस्बिर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक २०७९’ पारित गर्न राष्ट्रियसभाका सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।
उहाँले सो विधेयक अत्यावश्यक भएकाले पनि पारित गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
गृहमन्त्री खाँणले विधेयकमा अपाङ्गता भएका व्यक्तिहरूको बारेमा सांसदहरूले दिएको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिने विश्वास समेत व्यक्त गर्नुभयो ।
गृहमन्त्री खाँणले सरकारले तलब र पेन्सन लिइरहेकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन नपाउने व्यवस्था कायमै राखेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्