
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा स्थायित्व ल्याउन गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेश र संघीय निर्वाचनका लागि गठबन्धनका दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे ।
त्यस्तै उहाँले कृषकले मल नपाएर झल्नुपरेको समस्याको बारेमा राज्यले समयमै सोचेर मल आयात गर्नुपर्ने बताउनुभयाे ।
खेती गर्ने बेलामा कृषकले मल नपाउनु दु:खद भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्